लुम्बिनी प्रदेश

मन्त्रीद्वारा योजनाको अनुगमन

काठमाडौं । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन । उनले राप्ती गाउँपालिका–२ स्थित कटाहाघाटमा निर्माण हुने लागेको फोहरमैला व्यवस्थापन स्थलको अनुगमन गरेका हुन ।

पालिकामा यसअघि फोहरमैला व्यवस्थापन स्थल निर्माणमा विवाद भएपछि प्रदेश सरकारको संयोजनमा फोहरमैला व्यवस्थापन स्थल निर्माण कार्य अगाडी बढेको हो । रू ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन स्थल निर्माण भइरहेको छ ।

मन्त्री मास्कीले गढवा गाउँपालिका–४ स्थित खैराघाटको तटबन्धनको अनुगमन गरेका छन । यस क्षेत्रमा तटबन्ध नहुँदा नागरिकले वर्षात्मा सास्ती भोग्नुपरेको थियो । तटबन्ध निर्माण अन्तिम चरणमा पुगेसँगै यहाँका नागरिक खुसी भएका छन् ।

त्यस्तै उनले गढवा गाउँपालिका–३ स्थित निर्माणाधीन कोल्डस्टोरको पनि अनुगमन गरेका छन । कोल्डस्टोर निर्माण सम्पन्न भएपछि उत्पादित कृषिजन्य वस्तु भण्डारणका लागि सहज हुने मन्त्री मास्कीले बताए । उनले नियमितको अनुगमनले निर्माण दिगो र छिटो सम्पन्न हुने धारणा राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *