काठमाडौं । कोशी प्रदेशका माओवादी सासंद नारायण बुर्जा मगरले कोशि प्रदेश सरकार गठनप्रति असमति जनाउँदै राजीनामा दिने संभावना बढेको बताएका छन् । दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य मगरले पदबाट राजीनामा दिने भन्दै सामाजिक सञ्जाल एक पोष्ट गरेका हुन् ।
पार्टीमा दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्यांकन गर्न नसकेको भन्दै उनले कोशी प्रदेश सरकार गठनप्रति आफ्नो विमति भएको उनको भनाइ छ ।
शनिबार बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारयाण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर, आज माओवादीले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि उनी आक्रोसित भएका हुन् ।
उदयपुरको क्षेत्र नम्बर २ को कोशी प्रदेश १ बाट निर्वाचित माओवादी सांसद हुन् ।





