शिक्षा / स्वास्थ्य

साउनदेखि वीर अस्पतालको ओपीडी सेवा तालिका परिवर्तन हुने

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा ओपीडी सेवा अबदेखि ८ बजेबाट सञ्चालन हुने भएको छ ।

शुक्रबार न्याम्सको परिषद् बैठकले १ साउनदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेपछि विगतमा बिहान ९ बजे देखि साँझ ५ बजेसम्म संचालनमा रहेको सेवा दिउँसो ४ बजेसम्म मात्र संचालनमा आउने भएको हो ।

न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतका अनुसार बिरामी बिहान चाँडै आउने र बढी भीडभाड हुने भएकाले ओपीडीलगायतका अन्य सेवा सहज बनाउन समय तालिका छिट्टै बनाइएको होे ।

विरामीहरु अस्पतलाले वितरण गर्दै आएका सेवा लिनका लागि अस्पताल चाँडै आउने भएकाले विरामीको सुविधाकै लागि यस्तो गर्न लागिएको उनले बताए ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा बिहान ८ देखि बेलुका ८ सम्म ओपीडी सेव सञ्चालन गर्ने उल्लेख गरिए पनि आर्थिक वर्षको बजेटमा सो कुरा समेट्न सकिरहेको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *