देश

सेफ्टी ट्यांकी ढलमा मिसाएको आरोपमा ५० हजार जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सेफ्टी ट्यांकी ढलमा मिसाएको आरोपमा एकजनालाई ५० हजार जरिवाना तिराएको छ ।
महानगर प्रहरी बलले काठमाडौँ महानगरपालिका–६ बौद्ध निवासी गोकुलबहादुर बुढाथोकीलाई सेफ्टी ट्यांकी ढलमा मिसाएको आरोपमा ५० हजार जरिवाना तिराएको हो।

केही समययता सहरको सुन्दरतामा काठमाडौं महानगरपालिका कडा भएर प्रस्तुत हुन थालेको छ । सहरका सौन्दर्य बिगार्ने, जथाभावी पार्किङ गर्ने, सडकमा फोहोर थुपार्ने, सडकमा माटो खसाल्ने टिपरलाई महानगरपालिकाले जरिवाना गर्दै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *