राजनीति

शीर्ष तीन नेताबीच संसदको अवरोध खुलाउने विषयमा छलफल

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको तीन शीर्ष नेताबीच आजैदेखि संसदको अवरोध खुलाउने विषयमा कुराकानी भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरुद्धमा प्रतिपक्ष दलले नेपालको गरिमामाथि आँच पुर्याएको भन्दै प्रधानमन्त्रीको राजीनामाको माग गदैं त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ । सदनको अवरोध खुलाउन पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लागेपछि उनले छलफल सुरू गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *