विश्व

अमेरिकामा विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । क्यालिफोर्निया एयरपोर्ट नजिकैको एउटा मैदानमा एउटा सानो विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । लस भेगासबाट क्यालिफोर्नियाका लागि उठेका विमान मुरिएटामा बिहान ४ः१५ बजे दुर्घटना भएको हो ।

उक्त विमानमा सवार सबैको घटनास्थलमै मृत्यु भएको छ । मृतकहरुको अझै सनाखत हुन सकेको छैन । यस दुर्घटनामा भएको आगलागीका कारण करिब एक एकडमा लगाएका रुख तथा बोटबिरुवा पनि जलेर खरानी भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *