लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभाको जेनरेटरमा आगलागी : प्रदेशसभा बैठक स्थगित

लुम्बिनी । लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि बैठक १० मिनेटका लागि स्थगित भएको हो ।

दोस्रो अधिवेशनको १७औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो । सभामुख तुलाराम घर्ती मगरले जेनरेटरमा आगलागी भएको जानकारी दिँदै १० मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *