लुम्बिनी प्रदेश

एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित

काठमाडौं । लुम्बिनी प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेपछि बैठक १ घण्टाका लागि स्थगित गरिएको हो ।

बैठकको सुरुमै समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक बैजनाथ कलवालरले लुम्बिनी प्रदेश सरकारले क्रमागत योजना कटौती नगर्ने भने पनि त्यो अनुसारको बजेट नआएको र प्रदेश सरकारले खारेज गरेका निर्देशनालयहरूको खारेजी गरेको भन्दै संसद चल्न नदिने बताए ।

प्रमुख सचेतक कलवारले बोलेसँगै एमालेका सांसदहरू उठेर विरोध गरेपछि सभामुख तुलाराम घर्तीले विनियोजन विधेयकमाथिको छलफलमा लैजान पटक–पटक आग्रह गरे पनि नमानेपछि सरकार र प्रतिपक्षीबीच छलफलका लागि एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *