काठमाडौं । कोशी प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिने विश्वासको मतवारे जसपा सांसद निर्मला लिम्बुले कुनै जवाफ दिन मानिन् ।
बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेपछि सभामुख बाबुराम गौतमले जसपाको तर्फबाट सो दलकी एकमात्र प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई बोल्न दिएको समयमा आँफू बोल्न नचाहेकी हुन् ।




