कला/साहित्य

लोककला र संस्कृतिको संरक्षणका लागि हिले महोत्सव

काठमाडौं । तनहुँमा २०औँ राष्ट्रिय धान दिवसका अवसरमा यही असार १५ गते विविध कार्यक्रम आयोजना गरिने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको आयोजनामा हिले महोत्सव गर्न लागिएको अध्यक्ष श्रीराम गन्धर्वले जानकारी दिए । उनका अनुसार महोत्सवमा धान रोप्ने, हिलोमा माछा समात्ने, डोरी तान्ने, हिलोमा दौडने, बेलुन फुटाउने लगायतका प्रतियोगिता गरिनेछ ।

असारे भाका गीत गाउने र नौमती बाजा बजाउने लगायतको रहेको उनले जानकारी दिए । असारे भाका, संस्कृति लोप हुँदै गएकाले जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता गरिँदै आइएको छ ।

हाम्रा बालबालिकाले खेतीबाली बिर्सने अवस्थामा पुगेका छन्, जसको जानकारी हुनुपर्छ, अहिले विदेसिने कारणले गर्दा जमिन बाँझिदै जान थालेका छन्, यसका कारण परम्परा नै लोप हुने अवस्थामा छ”, अध्यक्ष गन्धर्वले भने, “खेतीसँगै जोडिएका परम्परा हिलो खेल्ने र लोक भाकाको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक छ ।” हाम्रो पुस्ताले यस्ता परम्परा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड छ ।

यस्ता कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन प्रतिष्ठानका पूर्वअध्यक्ष मेघनाथ रिमालले बताए । महोत्सव म्याग्दे गाउँपालिका–१ गुणादीमा गरिने आयोजकले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *