देश

श्रममन्त्री भण्डारी भन्छन् – विदेशमा अलपत्र नेपाली कामदारलाई आश्रयस्थलको व्यवस्था छ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारका लागि ओमान, कुवेत, साउदी अरेबिया र बहराइनमा विशेष आश्रयस्थलको व्यवस्था गरिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा सोमबार मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यलाई बेलायत पठाउने समझदारीअनुसार त्यसको छनोट प्रक्रियालाई अघि बढाइएको उनको भनाइ थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *