कोशी प्रदेश

न्यायाधीशका बारेमा काेशीका मन्त्रीकाे विवादास्पद अभिव्यक्ति

काठमाडौं ।  कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले न्यायाधीशले घुस आएर आदेश दिएको विवादास्पद अभिव्यक्ती दिएका छन् । खेलकुद वोर्डको सदस्यससचिव बर्खास्तीको विषयमा उच्च अदालत विराटनगरका न्यायाधीशले घुस खाएर आदेश दिएएको विवादास्पद अभिव्यक्ती दिएका हुन् ।

विराटनगरस्थित शिक्षादिप कलेजमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा उनले खेलकुदका सदस्य सचिवलाई स्टेअर्डर दिने न्यायाधीश फटाहा र जनताको नाममा कलंक भएको आरोप पनि लगाए ।

कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको थियो । मन्त्रीपरिषद् निर्णय विरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरे । जेठ ५ गते उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालिन आदेश जारी गरेर दुवै पक्षलाई बोलायो । जेठ २२ गते न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले हटाउने निर्णय कार्यान्यन नगर्ने आदेशलाई निरन्तरता दिएको थियो । अदालतको आदेशपछि वाग्ले काममा फर्किएका छन् । उनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश गर्ने न्यायाधीश माथि गम्भिर आरोप लगाएका हुन् ।

‘प्रदेश खेलकुद बोर्डको सदस्य सचिवले कोशी नै मेटेर प्रतियोगिता गराएपछि हामीले स्पष्टीकरण सोध्यौं । स्पष्टीकरण चित्त बुझ्दो नभएर हामीले उहाँलाई पदबाट हटायौं । अनि पदबाट हटाएपछि उच्च अदालतमा मुद्दा दायर भयो । हिंजो त्यही उच्च अदालतमा मुद्दा दिएका त्यही बोर्डका सदस्य सचिवको पदको मुद्दा अहिलेसम्म हेर्न नसक्ने अदालतका न्यायाधिश आज त्यही पदका सदस्य सचिवले दिएको मुद्दामा स्टे अडर गर्न तयार छ,’ उनले भने,‘ त्यो किन भने मेरो ठाडो भाषामा भन्न सक्छु, बदनियत गरेकै हो न्यायाधीशले । त्यो न्यायाधीश फटाहा हो । त्यो न्यायाधीश जनताको नाममा कलंक हो । सदस्य सचिवलाई सरकारले कारबाही गर्दा पैसा लिएर स्टे अडर गर्ने न्यायाधीश खराब हो ।’

उनी त्यतिमा रोकिएनन्, आफू जेल जान पनि तयार रहेको बताउँदै उनले प्रदेश खेलकुद बोर्डको अघिल्ला सदस्य सचिव कृष्ण बस्नेतको मुद्दा अहिलेसम्म हेर्न नभ्याउने न्यायाधीशले हालका सदस्य सचिव हंशराज वाग्लेको विषयमा भने चाँडो स्टे अडर दिनु घुस खाएको प्रमाण भएको दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *