काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले मधेश, कर्णाली सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकता दिइएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।
‘संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तिय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी बजेट प्रदेशमा नै जाने गरेको छ । मानव विकासका सूचकांकमा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको कुरा पनि मस्पष्ट गर्न चाहन्छ,’ उनले भने ।




