कोशी प्रदेश

मृतकका परिवारलाई १ लाख राहत दिने कोशी सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख राहत उपलब्ध गराउने भएको छ ।

आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई एक लाख दिने निर्णय गरेको हो ।

घाइतेको उपचार गर्ने, भौतिक संरचना (घर) पुनःनिर्माणको लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले जानकारी दिए ।

ताप्लेजुङ्, पाँचथर र संखुवासभामा शनिबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट ३ जनाको मृत्यु भएको छ भने ३४ जना वेपत्ता भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *