खेलकुद

नेपालले दुवै ओपनर गुमायो,दुवै विकेट वेलिंगटन मासाकाडजाको नाममा

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत नेपालले दोस्रो विकेट गुमाएको छ ।

टस हारेर ब्याटिंग गरिरहेको नेपालले कुशल भुर्तेलपछि आसिफ सेखलाई गुमाएको छ । यसअघि कुशल भुर्तेल ९९ रनमा आउट भएका थिए भने आसिफले ६६ रन बनाएर आउट भएका छन् ।

कुशल र आसिफले नेपालला कागी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कुनै पनि विकेटका लागि सर्बाधिक १७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

जिम्बाबेका लागि दुवै विकेट बलर वेलिंगटन मासाकाडजाले लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *