काठमाडौँ । कुशल भुर्तेलले जिम्बाबेविरुद्ध शतक प्रहार गर्न चुकेका छन् ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि भुर्तेल एक रनले शतक बनाउन चुकेका छन् ।
कुशलले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै ९९ रन बनाउदा जिम्बाबेका बलर वेलिंगटन मासकाडजाले बोल्ड आउट गरेका हुन् ।



