संसद

सरकार र राजनीतिक दलहरूले युवालाई उपेक्षा गर्यो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले राज्यले युवाहरूलाई उपेक्षा गरेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमाथि भाग लिँदै सांसद पौडेलले राज्य र राजनीतिक दलहरूले सबैभन्दा बढि युवाहरूलाई उपेक्षा गरेको बताएका हुन्।

सांसद पौडेलले युवा शक्तिलाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारीको सृजना गर्नुपर्ने बताए। उनले भने,’राज्य र राजनीतिक दलले सबैभन्दा बढि युवाहरूलाई उपेक्षा गरिएको छ। स्वदेशमा रोजगारी नपाएर प्रत्येक महिनामा ६० हजार युवा विदेश गइरहेका छन्। यसलाई रोक्नुपर्छ। ‘

उनले विदेश जाने युवाहरूको विमानस्थलमा मेला लागेजस्तो भीड हुने गरेको बताए। गत साउनदेखि कार्त्तिक महिनासम्म झन्डैं ७४ हजार युवा विदेश गएको भन्दै स्वदेश फर्काउन लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए।

नेता पौडेलले विदेशबाट दिनमा ४ जनाको शव बाकसमा आउने गरेको बताए। ‘दिनमा ४ जनाको शव बाकसमा बेरिएर आउँछ। सरकार यसमा किन मौन ?,’उनले भने।

उनले विदेशमा रहेका युवाका लागि मतदानको अधिकारका बारेमा परिस्थिति निर्माण गर्नुपर्ने बताए। सुशासनको पक्षमा युवालाई जागरुक बनाउने नीतिहरू बनाउनुपर्ने उनको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *