संसद

प्रतिनिधिसभा बैठक (लाइभ)

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल सुरू हुने संसद सचिवालयले जनाएको छ।

बैठकमा चारवटा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ। वन तथा वातावरण,महिला, बालबालिका तथा ज्येष्ठ गरिक
युवा तथा खेलकुद र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ।

यसका साथै यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यही जेठ १५ गते अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *