देश

बाजुरामा फेरि गयो ४.४ रेक्टर स्केलको भूकम्प

काठमाडौं । केही महिनायता बाजुरामा भूकम्प जाने क्रम जारी छ । हरेक महिना दुई–तीनचोटि भूकम्पको धक्का जाने गरेको छ ।

सोमबार बिहान पनि बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प तथा मापन अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ३८ मिनेटमा बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रका अनुसार बाजुरामा मात्रै पछिल्लो एक महिनामा तीनवटा कम्पन महसुस गरिएको छ। गत वैशाख २८, जेठ ८ र सोमबार बिहान बाजुरामा भूकम्पको कम्पन महसुस गरिएको हो। यसअघि ५.५ रेक्टर स्केलको भूकम्प जाँदा बाजुरामा धेरै घर भत्केका थिए । केही मानिस विस्थापित भएका थिए ।

अहिले गइरहेको भूकम्पको स–साना धक्काले सुदूरपश्चिममा निकट भविष्यमा ठूलै भूकम्प जाने भूगर्भविद्हरुले अनुमान गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *