देश

अर्थमन्त्रीले आज बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको वैठक आज (सोमबार) बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक १ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो ।

सो क्रम हिजोबाट सकिएपछि आज (सोमबार) अर्थमन्त्री महतले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन लागेका हुन् । प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *