राजनीति

प्रधानमन्त्री प्रचण्डले भारत भ्रममा भूमिका बारेमा बोल्न सकेनन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रममा भूमिका बारेमा बोल्न नसकेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामालाई सम्बोधन गर्ने क्रममा ओलीले वर्तमान सरकारलाई नालायक सरकारको संज्ञा दिएका छन् । कोरोना महामारी र युक्रेन युद्धको कारण देशमा उल्पादन बढाउन नसकेको उल्लेख गरेका छन्

अहिले देशको समग्र परिवर्तनलाई हेर्दा देश अन्धकारको दिशातिर धकेलिएको बताए । दुई वर्षको अवधिमा आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने भनिएकोमा २ प्रतिशत नपुग्नेअवस्था सिर्जना रहेको एमाले अध्यक्ष ओलीले बताए ।

सरकारले गरेका प्रतिवद्धताको २५ प्रतिशत पनि परिवर्तन सरकारले गर्न नसकेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *