समाचार

माओवादी : देवेन्द्र सम्बाहाम्फेको नेतृत्वमा रिटर्नी सेन्टर

कामठाडौं । नेकपा माओवादी केन्द्रले देवेन्द्र सम्बाहाम्फेको नेतृत्वमा ९९ सदस्यीय रिटर्नी सेन्टर नेपाल नामक नयाँ भ्रातृ गठन गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सङ्गठित गर्ने उद्देश्यले प्रथम राष्ट्रिय भेला गरेर रिटर्नी सेन्टरको गठन गरिएको हो ।

सम्बाहाम्फेको नेतृत्वमा ९९ सदस्यीय तदर्थ समिति गठन गरिएको नेता निमेष ओलीले बताए । ‘अहिले देवेन्द्र सम्बाहाम्फेको नेतृत्वमा ९९ सदस्यीय कमिटी मात्रै बन्ने छ । अरू पदाधिकारी हुने छैनन्’ ओलीले भने, ‘सात प्रदेशमा प्रदेशमा सहसंयोजक, सचिव र आर्थिक विभाग प्रमुख बनाएर पालिकासम्म विस्तार गर्ने छौँ ।’

आगामी ६ महिनाभित्र अधिवेशन गरेर केन्द्रदेखि पालिकासम्मको नेतृत्व टुङ्गो लगाइने ओलीले बताए । माओवादीले पहिलो पटक रिटर्नी सेन्टर बनाएर विदेशबाट फर्किएका युवालाई संगठित गर्न लागेको हो । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम राष्ट्रिय भेलाको उद्घाटन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *