
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि ७ दिन भित्र मन्त्रालयमा आवेदन दिन निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।
उक्त पदका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३, एवं स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड २०७३ अनुसार योग्यता पुगेका व्यक्तिहरुले मन्त्रालयमा वा इमेलको माध्यमबाट आवेदन दिन सकिने मन्त्रालले जनाएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम उपकुलपति पदमा नियुक्तिको लागि सिफारिस गर्न सहकुलपतिको अध्यक्षतामा दुई सदस्य रहेको सर्च समिति २०५० जेष्ठ २६ गतेको निर्णयानुसार ( सम्माननीय प्रधानमन्त्री एवं कुलपति स्तर) गठन भएको जारी विज्ञप्तीमा उल्लेख छ ।
