समाचार

बालेनले राखेको ग्रेटर नक्साबारे दीपकको टिप्पणी- भुइँको टिप्न नखोजौ, भएकोलाई जोगाऔ !

काठमाडौं । कलाकार दीपकराज गिरीले काठमाडौँ महानगरका मेयर बालेन शाहले आफ्नो कार्यालयमा राखेको ग्रेटर नक्साको बारेमा टिप्पणी गर्दै भएको नक्सा जोगाउन आग्रह गरेका छन् ।

भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को नक्सा राखेको विषय अहिले विवादित बनिरहेको बेला बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको हो

अभिनेता गिरीले अहिले भएको सानो नक्सा त राम्रोसँग चलाउन नसकेर यो गति भएको उल्लेख गर्दै यति ठुलो नक्सा भएको भए के गर्थे भन्दै भुइँको टिप्न नखोज्न आग्रह गरेका छन् ।

उनले भनेका छन्-

अहिलेको सानो नेपाल त राम्रोसंग चलाउन नसकेर यो गति छ ! यति ठूलो भा भए के गर्थे होलान ? भूंइको टिप्न नखोजौ, भएको लाइ जोगाऔ !!!

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *