देश

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको उद्घाटन गर्न जाने भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा मुख्यमन्त्री, सभामुख र सांसद उपस्थित हुने भएकाले प्रदेश सभा बैठक स्थगन गरेको सचिव दुर्लभकुमार पुनले जानकारी दिए । तर उनले जारी गरेको सूचनामा विशेष कारणवस बैठक स्थगित भएको उल्लेख छ ।

प्रदेश सभाको अर्को बैठक शुक्रबार साढे ११ बजे बस्ने उनले बताए । यो बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *