काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धार्मिक आस्थामाथि आँफू परम्परादेखि नै धर्मनिरपेक्षतावादी रहेको बताएका छन् । चार दिने भारत भ्रमणपछि नेपाल फर्केका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई भारत भ्रमणका बारेमा धेरै प्रश्न उब्जिएकाले सो प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
प्रधानमन्त्री चार दिने भारत भ्रमणमा गएर भारतको इन्दौरमा महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेको विषयमाथि प्रधानमन्त्री नेपाल नफर्की नै आलोचना भएको थियो ।
सो विषयमा सोमबार संसदमा उठेपछि देशको स्टिम र परम्परा ,संस्कार संस्कृतिलाई आदर गरेर भारतमा गेरुबस्त धारण गरेर पुजा गरेको बताएका हुन् ।प्रधानमन्त्री भएको हैसियतले आँफूले सबै धर्मलाई समानुपातिक ढङ्गबाट ग्रहण गर्दै आएको उनले बताए ।




