संसद

‘भैँसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरले रास्वपाका सांसद शिशिर खनालले बोलेको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण सकेर फर्किदा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट आउने अपेक्षा गरेकोमा भैसी चढेर आएको भविव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिमा माओवादी केन्द्रका सचेतक हितराज पाण्डेले नियमापति गरेपछि सभामुखले उक्त ‘भैँसी चढेर आएको’ सब्दावली जसले बोलेको भएपनि रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *