देश

मण्डनदेउपुर नगरपालिकाद्धारा ऐतिहासिक महत्वको नर्वन्दा पाटीको शिलान्यास

काठमाडौं । मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबा र नगर उपप्रमुख विष्णुमणी नेपालले संयुक्त रुपमा वडा नम्बर ९ मा रहेको ऐतिहासिक महत्वको नर्वन्दा पाटी पुनःनिर्माणको शिलान्यास गरेका छन् । नगरपालिकाले संयुक्त रुपमा शुक्रबार वडा नम्बर ९ मा रहेको ऐतिहासिक महत्वको नर्वन्दा पाटी पुनःनिर्माणको शिलान्यास गरेका हो ।

सो पाटी पुनःनिर्माण शिलान्यास कार्यक्रमको व्यास्थापन मण्डनदेउपुर वडा न.९ समिति र उपभोक्ता समितिले गरेको नगरपालिकाले जनाएको छ । सामाजिक रुपमा ऐतिहासिक महत्व बोकेको पाटीको पुनः निर्माणमा सहयोग गर्ने सबै सहयोगीहरुलाई वडा अध्यक्ष सिताराम श्रेष्ठले धन्यवाद समेत दिएका छन् ।

उक्त कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, शिक्षक, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । पुरात्व विभागको आर्थिक सहयोगमा निर्माण थालिएको पाटीको चालु आर्थिक वर्षमा एक तला निर्माण सम्पन्न नगरपालिकाले जनाएको छ ।

मण्डनदेउपुर नगरपालिकाका अनुसार उक्त पाटी पुनः निर्माणका लागि आर्थिक वर्षमा १५ लाख ६६ हजार ८५२ रुपैयाँ खर्च हुनेछ । अर्को आर्थिक वर्षमा पाटीको दुबै तला पुनःनिर्माण काम सकिने गरि निर्माणको जिम्मा पञ्चस्तम्भ कन्ट्रक्सन एण्ड कन्सल्टेन्सि प्रा.लि.ले पाएको मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिए । पुरातात्विक अध्ययन अनुसार पाटिको निर्माण ३०० वर्ष भन्दा अघि भएको थियो ।

ऎतिहासिक तथ्य नेपाल परिवारका सामाजिक व्यत्तित्व रामहरि नेपाल र प्रेम प्रसाद नेपालका अनुसार मण्डन माहादेस्थान देउराली थातथलो हुने नर्वदा पाध्या नेपालले उखु पेलेर रहेको खोइरोलाई बटुलेर केही सख्खर बनाई तेहि सख्खर बेचेर बटुवाको लागि बास बस्ने पाटी बनाएकि थिईन र पछि तेहि पाटीमा पानी भर्ने व्यत्तिले समाजिक काम गरेवापत कमाई गर्ने गरि आसपासको १० रोपनी जग्गा समेत पाटीलाई दान गरेकी थिईन । तिनै नेपाल वंशजकी छोरी नर्वदाको नाममा यस पाटीको नाम नर्वदा राखिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *