समाचार

प्रधानमन्त्रीद्धारा उज्जैन महाकाल मन्दिरको दर्शन, ५१ हजार दान

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् ।

नयाँदिल्लीबा विशेष विमानमार्फत् उज्जैन पुगेर प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको पूजाअर्चना गरेका हुन् ।

सोहीक्रममा उनले नेपालबाट लगेको १०८ केजी रूद्राक्ष र ५१ हजार रूपैयाँ दान गरेका छन् ।

पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा प्रकाशशरण महत पनि सहभागी भएका छन् ।

भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *