संसद

संयुक्त बैठक सञ्चालन नियमावली सर्वसम्मतले पारित

काठमाडौं । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदा प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकले उक्त प्रतिवेदन सर्वसम्मतिले पास गरेको हो ।

सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदामाथि छलफल गरियोस् भन्ने प्रस्ताव समितिका सभापति ध्रुवबहादुर प्रधानले संयुक्त बैठकमा पेस गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *