संसद

नीति कार्यक्रममा बोल्नु नबोल्नुको अर्थ छैन : बुद्धिमान तामाङ

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका उपनेता बुद्धिमान तामाङले सरकारको नीति तथा कार्यक्रमको औचित्य नभएको बताएका छन् ।

शनिबारको संसद् बैठकमा उनले आफूहरूले नीति तथा कार्यक्रममा योजना समावेश गराउन खोज्दा नपाएको गुनासो गरे ।

“यो नीति तथा कार्यक्रममा भाग लिनुको के अर्थ भयो र ! केहीअघि हामीले योजना समावेश गर्न खोज्दा सम्बन्धित मन्त्रालयले पहिले नै अगाडि बढाएको भनियो,” उनले भने, “अब हामीले बोलेर पनि के हुन्छ र ? बोल्नु र नबोल्नुको कुनै अर्थ छैन । तर, जे भए पनि आफ्नो धर्म निभाउनैपर्‍यो !”

अहिलेको नीति तथा कार्यक्रम सुन्नका लागि मात्र कर्णप्रिय भएको उनले बताए । नीति तथा कार्यक्रम लक्ष्यविहीन रहेको टिप्पणी गर्दै उनले सरकारको गन्तव्य पनि स्पष्ट नभएको उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *