काठमाडौं । कवि भोजकुमार धमला बङ्गलादेशमा सम्मानित भएका छन । राष्ट्रिय कविता मञ्च तथा वल्र्डवाइड राइटर्स एसोसिएसन बङ्गलादेशले ‘अन्तर्राष्ट्रिय नाजरुल कवि गोष्ठी–२०२३’को अवसरमा धमलालाई ‘इमरजिङ पोइट अफ दि हिमालय’ भनेर सम्मान गरेको हो ।
कवि धमलाले हालै अङ्ग्रेजी कविता सङ्ग्रह ‘द सेल्फिस सिटी’ प्रकाशन गरेका छन । कार्यक्रममा बङ्गलादेशी कवि तथा वल्र्डवाइड राइटर्स एसोसिएसन बङ्गलादेशका अध्यक्ष मोहम्मद साम्सुल हक बाबुले उनको कविता कृतिबारे चर्चा गरेका थिए। त्यस्तै सेगुन बगैँचास्थित इन्टरनेसनल मदर ल्याङ्ग्वेज इन्स्टिच्युट बङ्गलादेशमा आयोजित कार्यक्रममा अस्ट्रेलिया बसोबास गर्दै आएका अर्का नेपाली मूलका अस्ट्रेलियाली कवि कुमारराज सुवेदी पनि सम्मानित भए । उनलाई ‘पोइट अफ दि इभेन्ट’ अवार्ड प्रदान गरिएको थियो । सुवेदीको ‘द कलर अफ स्प्रिङ्ग’ कविता सङ्ग्रह प्रकाशित छ ।
विश्वका विभिन्न देशका कवि उपस्थित कार्यक्रममा बङ्गलादेशी लेखक महमुदुल हसन निजामीले ‘द कलर अफ स्प्रिङ्ग’ कविता सङ्ग्रहबारे चर्चा गरे ।




