राजनीति

‘केपी ओलीलाई नक्कली भुटानी शरणार्थीबारे आफूसँग भएको सूचना प्रहरीलाई दिन अर्जुननरसिंह केसीको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थीबारे आफूसँग भएको सूचना प्रहरीलाई दिनुपर्ने बताएका छन् ।

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि भएर उनले यस्तो बताएका हुन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका सम्बन्धमा सुरुदेखिको जानकारी रहेको सार्वजनिक रुपमा बताएर पनि त्यसबारे एमाले अध्यक्ष ओलीले प्रहरीलाई किन जानकारी नगराएको हो ? उनले प्रश्न गरेका छन् । भ्रष्टचार निमूल पार्नका लागि सबै दलले अपराधिक क्रियकलापमा संलग्ल फेला परेका सुचनाहरु प्रहरीलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *