खेलकुद

काभा महिला भलिबल: नेपालको शानदार शुरुवात

काठमाडौँ । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले शानदार शुरुवात गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदक परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५-११ ले, दोस्रो सेट २५-१९ ले र तेस्रो सेट २५-११ ले जितेको थियो ।

यो जितसँगै नेपालले समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

त्यस्तै यसै समुहमा भारतले बंगलादेशलाई सोझो सेटमा ३-० ले जितेको थियो ।

च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् ।

अब नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्नेछ ।

समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *