संसद

नीति तथा कार्यक्रमाथी आज पनि छलफल जारी रहने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम माथीको छलफल आज पनि जारी रहने भएको छ ।

गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।

हिजो देखी सुरू भएकाे छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।

आज पनि सोही नीति तथा कार्यक्रम माथी छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *