पर्यटन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्‍याे समिति गठन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको पुनर्संरचना र सुधारका अध्यनका लागि समिति गठन गरेको छ ।

पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको स्रोतले जनाएको छ । समितिमा सीईओ टीकाराम राई, क्याप्टेन ओम गुरुङ, चार्टर्ड एकाउन्टेन्ट पियुष आनन्द र शाहार न्यौपाने चयन भएका छन् ।

 मन्त्रालयले अध्ययन समितिलाई दुई महिना दिएको समय एक महिना वितिसकेकाले अबको  एक  महिनामा शुक्रबार गठित समितिले मन्त्रालयलाई प्रतिवेदज पेश गरिसक्नुपर्ने मन्त्रालयले जनाइएको छ । 

नेपाल एयरलाइन्स घाटामामा रहनुको प्रमुख कारण पत्ता लगाएर सुधारात्मक पद्धतिमा लैजाने विषयमा अध्यन केन्द्रित रहेको मन्त्रालयले जनाएको छ ।
एनएसीको जहाज मर्मतमा ढिलाइ गर्ने गरेको गुनासो सहतमा आएको छ । एनएसीका अहिले २ वटा ट्विनअटर जहाजमध्ये एकवटा ग्राउण्डेड छ । यस्तै अन्तराष्ट्रिय उडान भर्ने यस्तै ४ वटा वाइड बडी जहाज रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *