राजनीति

सुदूरपश्चिम प्रदेश माओवादी संसदीय दलको बैठक दिउँसो २ बजेका लागि तय

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याउन माओवादीले संसदीय दलको बैठक बोलाएको छ । माओवादीले आज दिउँसो २ बजेका संसदीय दलको बैठक बोलाएको हो ।

सुदुरपश्चिम प्रदेश सरकार माओवादीले तीन ओटा मन्त्रालय पाउनुपर्ने माग राख्दै आएको छ । मन्त्रालयको भागभण्डा टुङ्गो लगाउने उदेश्यले शुक्रबारका लागि संसदीय दलका नेता खगराज भट्टले संसदीय दलको बैठक बोलाएका हुन् । यस अघि माओवादी केन्द्रले आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय मध्ये कुनै एक मन्त्रालय पाउने दावी गरेकोमा कांग्रेस र समाजवादीले उक्त मन्त्रालाय लिइसकेको छ ।

नागरिक उन्मुक्ति पार्टीले पनि २ मन्त्रालयको दाबी गरेपछि सुदुरपश्चिममा मन्त्रालय भागभण्डाको विषयमा विवाद बढेको हो । जसका कारण अहिलेसम्म मन्त्रालयको भागभण्डाको बारेमा कुरा मिल्न सकेको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *