काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ । बुधबार संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले चौधरीलाई संसदीय दलको नेताबाट हटाएर घनश्याम चौधरीलाई जिम्मेवारी प्रदान गरेको हो । ,प्रदेश सांसदहरु रामेश्वर चौधरी र टीका थापाले सो बैठकमा अनुपस्थित जनाएका थिए ।
सात जना प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्तिमा चार जनाको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि लक्ष्मणकिशोर चौधरी प्रमुख समेतक थिए भने अहिले प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीले पाएका छन् । सचेतकको जिम्मेवारी कैलाश चौधरीले पाए ।
बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित रहेका थिए । बैठकमा उपस्थित भएर पनि इन्दिरा गिरीले हस्ताक्षर नगरेको स्रोतले जनाएको छ ।




