कर्णाली प्रदेश

हामीलाई बाइपास गरे गठबन्धन धरापमा पर्न सक्छ : माधव नेपाल

सुर्खेत। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् ।

आज(बुधबार) बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले गठबन्धन टिकाउन सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनले आफूहरूलाई ‘बाइपास’ गरे पीडा दिइरहेको गुनासो गरेका छन्। अफ्नो पार्टीलाई बाइपास गरेर दुख दिइरहे कुनैपनि बेला गठबन्धन टुट्न सक्ने उनको भनाइ छ ।

नेपालले भने- ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌। यसले गठबन्धनलाई धरापमा पार्न सक्छ ।’

अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *