देश

लुम्बिनीका मुख्यमन्त्रीले भोलि लिने भनिएको विश्वासको मत पर्सि लिने

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भोलि (सोमबार) लिने भनिएको विश्वासको मत पर्सि (मंगलबार) लिने तयारी गरेका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सार्वजनिक बिदा हुने भएकाले विश्वासको मत मंगलबार लिने तयारी गरिएको सरकारका प्रवक्ता सन्तोष पाण्डेको भनाइ छ ।

उनका अनुसार नयाँ आर्थिक वर्षको बजेट निर्माण, सरकार पूर्णता दिने कामहरु जतिसक्दो चाँडो गर्नुपर्ने भएकाले विश्वासको मत पनि चाँडै लिन लागिएको हो ।

वैशाख १५ गते नियुक्त भएका मुख्यमन्त्री चौधरी नेतृत्व सरकारमा माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्म चौधरी र जनता समाजवादीका सन्तोष पाण्डे विनाविभागिय मन्त्री बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *