संसद

नेताको विदेश भ्रमणमा के-के भए सदनलाई जानकारी गराउनुपर्छ: सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले वैदेशिक हस्तक्षेप रोक्न नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरेकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले वैदेशिक हस्तक्षेप रोक्ने कंक्रिट प्रस्ताव भन्दै नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने बताएकी हुन् ।

यसले नेपालको विदेश नीतिमा दलीय एकमत रहेको मित्रराष्ट्रहरुले पनि अनुभूति गर्ने भन्दै उनले भ्रमणपछि भ्रमणमा के के भए भन्ने विषय पनि सदनलाई जानकारी गराउनुपर्ने बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *