लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ, ३ मन्त्रीले पनि खाए शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । साथै तीनजना मन्त्रीलाई पनि नियुक्त गरेर शपथ खुवाइएको छ ।

लुम्बनी सरकारमा माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे सहभागी भएका हुन् । यद्यपि, उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *