संसद

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।

बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेको संसद सतिवालयले जनाएको छ ।

आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले प्रतिलिपि हधिकार (पहिलो संशोधन) विधेय २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेस गर्ने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *