काठमाडौँ । अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा ढुंगामुडा भएको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जानकारी दिएका छन् ।
गृहमन्त्री श्रेष्ठले संसदमा जानकारी दिदै कोसी प्रदेश नामाकरणको विरोध गर्ने समुहले ढुंगामुडा गरेको जानकारी दिदै सो घटना संलग्न एक जनालाई नियन्त्रणमा लिएको बताएका छन् । सो घटनामा दुई जना प्रहरी घाइते भएको उनले संसदमा जानकारी गराएका छन् ।
गृहमन्त्री श्रेष्ठले सरकार संबिधान कार्यान्यन गर्न प्रतिबद्ध रहेको भन्दै देशमा अराजक गतिबिधि गर्ने कुरालाई छुट नदिने बताए ।
यसअघि प्रतिनिधिसभामा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले अध्यक्ष ओली पार्टीको कार्यक्रममा गइरहेका बेला विरोध गरिएको भन्दै आपत्ति जनाएका थिए ।
गिरीले भद्रपुरविमानस्थलबाट बुधबारे कार्यक्रम स्थलमा पुग्ने क्रममा अध्यक्ष ओलीविरुद्ध होहोल्ला गरेको र कार्यक्रम विथोल्न खोजेको भन्दै यसमा सत्ता पक्षका कार्यकर्ताको घुसपैठ भएको आरोप लगाएका थिए ।
गिरीले शान्ति स्थापना गर्ने काम सत्ता पक्षको भएको बताउदै प्रतिपक्षलाई नजिस्काउन चेतावनी दिएका थिए ।




