संसद

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यकर्तामुखी भयो : अर्जुननरसिंह केसी

काठमाडौं।नेपाली कांग्रस सांसद एवं प्रतिनिधिसभा सदस्य अर्जुननरिसंह केसीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्तकर्तामुखी भएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकमैत्री नभएको दावी गरे।

उनले भने,’प्रधानमन्त्री कृषि आयोजना कार्यक्रम त्यो जनतामुखी छैन। कार्यकर्तामुखी छ। कृषिमुखी हुन सकेको छैन।’

फरक प्रसंगमा सांसद केसीले ८ दिनदेखि भूगोल पार्कमा अनसनरत नुवाकोटका किसान नेता श्रीराम घिमिरेको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे। किसानका पाँच बुँदे माग लिएर जिल्लाबाट राजधानी आएका किसान नेता घिमिरेको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको भन्दै सांसद केसीले उनका माग जायज रहेको भन्दै तत्काल सम्बोधन हुनुपर्ने बताए।

उनले भने, नुवाकोटका एकजना किसान नेता श्रीराम घिमिरे ८ दिनदेखि भूगोल पार्कमा अनसनरत छन्। हिजै मात्रै मैले डाक्टरसहित भेट्दा उहाँको स्वास्थ्य अवस्था जटिल छ। चिन्ताजनक छ। पाँच बुँदे माग राखेर सरकारको ध्यानाकर‍ष बस्नु भएको हो। कही कतैबाट सुनुवाइ भएको छैन।’

कृषि क्षेत्रमा बजेट बढाउनुपर्नेलगायतका माग राखेर अनसन बसेको भन्दै नेता केसीले समयमै माग सम्बोधन नगरिएन समस्या झनैं जटिल बन्ने बताए।
नेता केसीले देशभर अहिले चैते धान, मकै र तरकारी खेतिका लागि मल अभाव भएको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *