
बारा। बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् ।
कुश्वाहाले १३४९ मत ल्याएर अग्रता लिँदा यादवले १२७७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५९८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३३१ मत ल्याएका छन् ।
बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।