
काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छामनकामनामा २४ सय ९२ मत गन्दा रविले ११५५ मत पाएका छन् ।
दोस्रोमा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र तेस्रोमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ५८८ पाएका छन् ।
अहिले इच्छाकामना गाउँपालिका १ र ३ को मत गणना भएको हो ।
मंसिरको निर्वाचनमा यी वडामा रविलाई कम मत आएको थियो । चितवन २ मा ७८ हजार दुई सय ७७ मत खसेको छ ।