
तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् ।
मतगणनाको पछिल्लो अपडेट अनुसार वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गरेका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत प्राप्त गरेका छन् ।
कुल ४२ वडा रेहको यस क्षेत्रमा अहिलेसम्म १८ हजार ६६१ मत गणना हुदा सबै वडामा रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बनाएका छन् ।
निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो ।