राजनीति

बारामा सर्वदलीय बैठक सुरु

बारा । बारामा सर्वदलीय बैठक सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार सर्वदलीय बैठकपछि मतगणना सुरु गरिनेछ ।

बारामा आइतबार राति सर्बदलीय बैठक बस्ने भनिए पनि हावा-हुरी र वर्षाका कारण रोकिएको थियो ।

नेपाली सेनासहितका सुरक्षाकर्मीको रेखदेखमा बाराको कलैयास्थित मतगणनास्थलमा मतपेटिकाहरू राखिएका छन् ।

यस क्षेत्रमा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, एमालेबाट पुरुषोत्तम अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र आम जनता पार्टीबाट अरुण ज्ञवालीसहित ३४ उम्मेदवार चुनावी मैदानमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *