काठमाडौं।मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) शनिबार नै मनाइएको छ। आइतबार सार्वजनिक बिदाको हल्ला चलेपछि गृह मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति नै जारी गर्दै ईद शनिबार नै परेको स्पष्ट पारेको हो।
मन्त्रालयका अनुसार आइतबार सार्वजनिक बिदा छैन।
शुक्रबार चन्द्रमा नदेखिए रमजानको ३० औं दिन आइतबार ईद मनाइने थियो। तर शुक्रबार नै चन्द्रमा देखिएकाले शनिबार (सार्वजनिक बिदा) का दिन ईद मनाइएको गृह मन्त्रालयले जनाएको छ।





